Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी शर्मा ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी : प्रचण्ड

नवलपरासी । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी भएको आरोप लगाएका छन् ।

माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो आरोप लगाएका हुन् । ओलीमाथि खनिएका दाहालले ओलीको असली रुप राजावादीसँगको तालमेल भएको पनि बताएका छन् ।

उनले भने–‘एमाले अध्यक्ष केपी ओलीको असली रुप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैं भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ ।’

कार्यक्रममा उनले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । उनले भने–‘हामीले निर्णय गर्छौं ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै केन्द्रमा गठबन्धनको निर्णय आउँछ । अरु तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ । त्यसमा तपाइँहरु ढुक्क हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ ।’

यस क्रममा दाहालले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनाबको तालमेल हुने पनि दाबी गरे । यो निर्वाचन माओवादीका लागि ठूलो लडाइँ भएको भन्दै दाहालले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077