Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

३९ जिल्लाका लागि मतपत्र छपाइको काम सकियो

काठमाडौं । निर्वाचन आयोगले ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको बताएको छ ।

बिहीबारको पत्रकार सम्मेलन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३९ जिल्लाका लागि ७० लाखभन्दा बढी मतपत्र छापिसकिएको जानकारी दिएका हुन् ।

'आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज बिहीबार सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ,'आयोगले भनेको छ, हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको छ ।'

आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छपाइ सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077