Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनियमितता गरेको आरोपमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कैलाली । कैलालीको गोदावरी नगरपालिमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले गोदावरी नगरपालिकाको तत्कालिन प्रशासकिय अधिकृत खेमराज विष्ट, देवराज जोशी, तत्कालिन इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077