Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले युक्रेनमा जातीय नरसंहार गराएको अमेरिकी राष्ट्रपति बाइडनको आरोप

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले नरसंहारको आरोप लगाएका छन् ।

पुटिनको आदेशमा युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएका रुसी सैनिकले सर्वसाधारणको आमहत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बाइडेनले बताए ।

पुटिनको आदेशमा युक्रेनमा भइरहेको अत्याचार ‘नरसंहार’ रहेको बाइडेनले बताएका हुन् । अमेरिकी राष्ट्रपति बाइडेनले पहिलोपटक रुसी राष्ट्रपति पुटिनमाथि नरसंहारको आरोप लगाएका हुन् ।

युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवम् अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप तथा युद्ध अपराधको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077