Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनको बैठकपछि भारतीय दूतावास पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय दूतावास पुगेका छन् ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गरेको भोजमा प्रधानमन्त्री देउवा उपस्थित भएका हुन् ।

प्रधानमन्त्री देउवा लैनचौरमा मंगलबार साँझ साढे ७ बजेदेखि दूतावासमा आयोजना गरिएको भोजमा सहभागी भएका हुन्। राजदूत विनय मोहन क्वात्रा भारतीय विदेश सचिवमा बढुवा भएपछि बिदाइ पार्टी राखेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा केहीबेर अघि बालुवाटार फर्किसकेका छन् । बिदाइ पार्टीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, गृहमन्त्री बालकृष्ण खाँणसहितका मन्त्री पनि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077