Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय तहलाई वैशाख ४ गतेभित्र उमेदवार टुंगो लगाउन गठबन्धनले दियो निर्देशन

काठमाडौं । सत्ता गठबन्धन दलको बैठकले स्थानीय तहलाई वैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । आज बालुवाटारमा बसेको बैठकले उक्त निर्देशन दिएको एक नेताले जानकारी दिए ।

“बैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउ भनेर स्थानीय तहलाई निर्देशन दिने भन्ने कुरा भयो,” उनले भने ।

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने स्थानीय कमिटीलाई अपील गरेको एक दिनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित सहभागी छन् ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरु पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077