Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्यो

    नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको जानकारी दिएका छन् ।

    सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटन नेपाल आउने गरेको जानकारी दिदै महानिर्देशक भट्टराईले भने-‘अप्रिल १ तारिखमा एकैदिन २ हजार ५ सय १३ विदेशी नेपाल आएका छन्, यसबाट पर्यटक आगमन संख्या बढ्दै गएको पुष्टि हुन्छ।’



    तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा ७८ हजार १ सय ८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ।



    विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिङ-१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त रहेको छ । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार