Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए चुनाव सार्न सकिन्छ : माधव नेपाल

    नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए चुनाव सार्न सकिन्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन सर्न सक्ने संकेत गरेका छन् ।

    कार्यकर्ता प्रशिक्षणका लागि सोमबार पर्वत पुगेका नेपालले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए वैशाख ३० को स्थानीय निर्वाचन सार्न सकिने बताएका हुन् ।



    उनले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु मुलुककै लागि फाइदाजनक भएको बताए । ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् । उहाँलाई (चन्द समूह) स्वागत छ । विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ । विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ ।’



    संविधान, लोकतन्त्र र संघीयताको रक्षार्थ गठबन्धन सरकार जन्मिएको बताउँदै नेता नेपालले आगामी संसदीय निर्वाचनपछि बन्ने सरकारसमेत गठबन्धनकै हुने जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार