Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैरकानुनी ढंगबाट अमेरिका गएका १० नेपाली निष्कासित, चार्टर विमानबाट काठमाडौं ल्याइयो

काठमाडौं । गैरकानुनी ढंगबाट अमेरिका गएका १० नेपालीलाई निष्काशन गरिएको छ । शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो ।

अमेरिकाको अध्यागमनले गैरकानुनीरुपमा छिरेका नेपालीहरु ध्रुब कुमार, राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो ।

अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसीलाई समेत निष्काशन गरेको छ। आमागी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो।

निष्काशित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं ल्याएको हो। गल्फ स्ट्रीम जहाजको भीएन७४०एसएस को उडानबाट अमेरिकाले उनीहरुलाई निष्काशन गरेको हो ।

काठमाडौं उत्रिएपछि उनीहरुलाई प्रहरीको मानव बेचविखन अनुन्धान ब्युरोले विमानस्थलमा सोधपुछ गरेको छ । उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077