Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीबाट विदुर नगरपालिकाको मेयरमा बोगटी सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदूर नगरपालिकाको मेयरमा पार्टीबाट प्रभा बोगटीको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र विदूर नगर समितिको सोमबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयरमा बोगटीको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

नुवाकोटमा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि छलफल चलिरहेको छ। माओवादीले विदूरबाट मेयर सिफारिस गरेपनि भागबण्डाबारे भने टुंगो लागिसकेको छैन ।

बोगटी माओवादी केन्द्रका तत्कालीन महासचिव स्वर्गीय पोष्टबहादुर बोगटीकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077