काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको र साँढे ६ महिनालाई आयात धान्न सक्ने रकम भएको बताएका हुन् ।
पौडेलले रकम बढी परिचालनमा ल्याउनको लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरुले तिर्न नसकेको ऋणलाई पुनः पूँजीकरणको सुविधा दिनुपर्ने बताए ।
उपमहासचिव पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरेपनि आर्थिक संकटको समाधान हुने बताए ।