Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • यी हुन् बर्दीको आडमा अकुत सम्पत्ति जोड्ने प्रहरीका ‘ठुला माछा’, डीआईजीसहितका दर्जनौँ प्रहरीमाथि छानविन

    यी हुन् बर्दीको आडमा अकुत सम्पत्ति जोड्ने प्रहरीका ‘ठुला माछा’, डीआईजीसहितका दर्जनौँ प्रहरीमाथि छानविन

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । स्रोत नखुलेको सम्पत्ति भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका दर्जनौँ उच्च अधिकारीको  सम्पत्ति छानबिन थालेको छ ।  स्रोत नखुलेको सम्पत्ति रहेको उजुरीका आधारमा अख्तियारले छानविनलाई अगाडि बढाएको हो।

    डिआइजी बसन्त लामा, एसएसपी योगबहादुर पाल, एसपी श्यामकृष्ण अधिकारी , एसपी मनोज यादब, डिएसपी सन्तोष तामाङ, डिएसपी सुधीरराज शाही लगायतमाथि गम्भिर ढंगले छानबिन भइरहेको अख्तियार स्रोतको भनाइ छ ।  अख्तियारले प्रहरीका केही उच्च अधिकारीलाई सम्पत्ति छानबिनका लागि १३ पन्ना भराइसकेको छ ।



    आगामी जेष्ठमा अबकाश पाउन लागेका डिआइजी बसन्त लामा सुन काण्डमा आफ्नै सहकर्मीलाई फसाएर संगठनलाई कमजोर बनाएका थिए। उनीमाथि आरके ज्वेलर्सका राजेन्द्र शाक्यलगायतका व्यापारीसँग बार्गेनिङ गरेको आरोप लागेको थियो।



    त्यतिखेर लामा र उनका सहयोगी डिएसपी सुदिप पाठकमाथि तस्करहरुलाई उम्काएको आरोप पनि लागेको थियो । डिएसपी  पाठक चोरीको गाडी चढेर बदनाम भएका थिए।

    चोरीको गाडी र अकुत सम्पत्ति प्रकरणमा पाठकमाथिको मुद्दा पनि अख्तियारमा  बिचाराधिन छ। लामा हाल प्रहरीको खरिद हेर्ने प्रबन्ध निर्देशनालयमा छन् ।  यसअघि लामाले बागमती प्रदेश, काठमाडौं परिसर, जिप्रका मकवानपुर तथा कास्कीमा प्रमुख भएर काम गरेका थिए  ।

    मकवानपुर तथा कास्कीमा काम गर्दा उनले  गाँजा तथा लागूऔषध तस्कर समूहसँग मिलेर करोडौ सम्पत्ति जोडेका थिए। अख्तियारको कारवाहीबाट जोगिन लामाले सुदिप पाठकमार्फत मिडियाबाजी गरेको प्रहरी स्रोत वताउँछ। ।

    त्यस्तै, एसएसपी पाल प्रहरीका विवादास्पद र पटक–पटक कारबाही भोगेका अधिकृत हुन् । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका उनी सोलुखुम्बुमा हुँदा गम्भीर किसिमको घटनामा मुछिएर तानिएका व्यक्ति हुन् । डिएसपी सन्तोष तामाङले झम्सिखेलमा सात आना जग्गामा रिसोर्ट शैलीमा भव्य भवन बनाएका छन् । झापा घर भएका तामाङले एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा समेत सम्पत्ति जोडेका हुन।

    रसुवामा हुँदा सुन तस्कर समूहसँग मिलेर तस्करीको लाइन खुलाएर उनले अबैध सम्पत्ति आर्जन गरेका थिए। उनी ओलीको पिएसओमा रहँदा पनि अकुत सम्पत्ति जोडेका थिए।

    एसपी मनोज यादवमाथि तस्करीको लाइन खुलाएर अकुत सम्पत्ति कमाएको आरोप छ। सांसद अपहरण काण्डमा मुछिएका एसपी श्यामकृष्ण अधिकारी एक पटक बिदेश नगएपनि बसुन्धारास्थित ग्रिनल्याण्डमा १० करोड भन्दा बढीको महल बनाउन सफल भएका छन्।

    राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका उनले तस्कर समूहसँग मिलेर अबैध सम्पत्ति आर्जन गर्दै आएका छन्। हाल बाँकेको एसपी रहेका अधिकारीले क्यासिनोका दलालसँग मिलेर पैसा कमाएको  प्रकरणले बिबादमा मुछिएका थिए।

    नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको कृपामा राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा छिरेका उनी  नेकपा(एकीकृत समाजवादी) का नेता  तथा श्रममन्त्री किसान श्रेष्ठमार्फत्  महोत्तरीदेखि हाल बाँकेमा प्रमुख भएएर काम गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार