Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालगञ्जमा कारको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी

काठमाडौं । नेपालगञ्जमा आइतबार राति कारको ठक्करबाट तीनजना पैदल यात्रीको मृत्यु भएको छ ।

बिपी चोक नजिकै सडकमा हिँडदै गरेकाहरुलाई प्रदेश ३-०१-२३ च ८४८१ नम्करको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट एक महिला र दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट करिब ६० वर्षीया एक महिला र ५ वर्षका दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी छ । पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए।

कार चालक प्रहरी नियन्त्रणमा छन्।ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थपअनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077