Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकै ठाउँमा जाँदा पनि भाडा फरक–फरक लिने अवस्थाको अन्त्य गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुलाई बोझ हुने गरी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गरेका छन् । गृहमन्त्री खाणले एकै ठाउँमा जाँदा पनि फरक फरक भाडा दर देखाउने अवस्थाको तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनलाई आज आइतवार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पारे ।

गृहमन्त्री खाणले सरकारले सबै खालका उद्योगी, व्यवसायीको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भीरतापूर्वक लिएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले राम्रो अवस्थामा नभएको गाडी चलाउनका लागि रोक लगाउन सरकारले अझै कडाइ गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077