Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • युक्रेन संकट : राजधानी किएभ नजिक अर्को सामूहिक चिहान फेला

    युक्रेन संकट : राजधानी किएभ नजिक अर्को सामूहिक चिहान फेला

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । युक्रेनले राजधानी किएभ नजिकै अर्को सामूहिक चिहान फेला परेको जनाएको छ । रुसी सेना फर्किएपछि खोजी तथा उद्धारका क्रममा बुजोभा गाउँमा गैरसैनिकको सामूहिक चिहान भेटिएको युक्रेनले दाबी गरेको हो ।

    किएभ नजिकैको विभिन्न क्षेत्रमा पनि यसअघि पनि सामूहिक चिहान भेटिएको थियो । युक्रेनी राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म त्यो क्षेत्र कब्जा गरेको थियो ।



    सामूहिक चिहान भेटिएपछि युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रियस्तरबाट रुसको निन्दा भएको छ । तर रुसले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ ।



    यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व प्रमुख आर्थिक सल्लाहकारले पश्चिमा देशहरूले रुसी ऊर्जामाथि वास्तविक प्रतिबन्ध लगाएमा युक्रेनमा चलिरहेको युद्ध रोकिन सक्ने बताए ।

    अघिल्लो वर्ष इन्धन र ग्यासबाट प्राप्त हुने आम्दानीले रुसी सरकारको बजेटको एक तिहाइ भन्दा बढी ओगटेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार