Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसद्वारा युक्रेन युद्धको कमाण्डर परिवर्तन

    अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसद्वारा युक्रेन युद्धको कमाण्डर परिवर्तन

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेन युद्धको कमाण्डर परिवर्तन गरेको छ । आक्रमण शुरु गरेको ४४ औं दिनसम्म पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसले युद्ध कमाण्डर परिवर्तन गरेको हो ।

    रुसले सिरिया युद्धमा लामो अनुभव भएका अलेकजेन्डर डीभोर्निकोभलाई युक्रेनमाथि कारबाहीको नेतृत्व दिएको हो ।



    यस अघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेकोमा युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्न स्वरूप नयाँ कमान्डर खटाइएको बीबीसीले जनाएको छ ।



    रुसले किभ लगायत मुख्य सहर कब्जा गर्न सकेको छैन भने अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित भएको छ ।

    रुसी रणनीतिलाई तुलनात्मक रूपमा सानो सङ्ख्यामा रहेका युक्रेनी इकाईहरूले विफल बनाउँदै लगेपछि रुस मुख्य सहरबाट पछि हटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार