Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई खनालको जवाफ – एकीकृत समाजवादी किलो र क्वीन्टल होइन, दशौं टनको बन्दैछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टी किलो र क्वीन्टल नभई टन (मेट्रिक टन) को बनिरहेको दावी गरेका छन् ।

केही दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई किलोको ढक भनेकोप्रति आपत्ति जनाउँदै नेता खनालले नेकपा एकीकृत समाजवादी पार्टी किलो र क्वीन्टलको पार्टी नभई टनको पार्टी बनिरहेको दावी गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै नेता खनालले अहिले प्रत्येक जिल्लामा एकीकृत समाजवादीको अकार ठूलो भएको दावी गरे । उनले भने –‘टन मात्र होइन, दशौं टनको बन्दैछ ।’

केही दिनअघि अध्यक्ष ओलीले एमाले क्वीन्टलको ढक भएको दावी गर्दै सत्ता गठबन्धन पाँच दललाई १/१ किलोको ढक भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077