Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिगामीहरू संविधान मास्ने खेलमा लागिरहेको माओवादी अध्यक्ष प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने निर्वाचनलाई सामान्य निर्वाचनको रूपमा नलिन आग्रह गरेका छन् ।

सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर अधिकारको रक्षा गर्ने र थप अधिकारका लागि लडाइँ लड्ने अभियान भएको बताए ।

अहिले पनि राजावादी शक्तिहरू एकजुट हुन कोशिस गरिरहेको भन्दै अझै पनि संविधान सुरक्षित नरहेको उनले बताए ।

केपी ओली प्रधानमन्त्री रहेका बेला दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रतिगामीहरू संविधान मास्ने खेलमा लागिरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077