Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाँण महन्थ ठाकुरको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि भैरहवाबाट ठाकुरलाई बुधबार हेलिकप्टरमा मेडिसिटी ल्याइएको थियो । अध्यक्ष ठाकुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

छाती दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासलगायत समस्या देखिएपछि ठाकुरलाई सुरूमा भैरहवास्थित भीम अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि मेडिसिटीमा पठाइएको थियो।

गृहमन्त्री खाणले बुधबार बेलुकी ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ। ठाकुरको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077