Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक लाख घुससहित रंगेहात समातिए नापी कार्यालय चाबहिलका दुई कर्मचारी

काठमाडौं । नापी कार्यालय चावाहिलका दुईजना कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराईलाई पक्राउ गरेको हो ।

उनीहरुलाई एक लाख रुपैयाँ घुस लिएर बुढानिलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लखनखेलको सडक किनाराबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएको बुझिाएको छ ।

उनीहरुमाथि कानुनी कारबाहीको लागि थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077