Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेमा प्रवेश गरेका डल्लाकोटी २४ घण्टामै माओवादीमा फर्किए

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी माओवादी केन्द्रमा फर्किएका छन् ।

सोमबार एमालेमा प्रवेश गरेका डल्लाकोटी २४ घण्टामै माओवादी केन्द्रमा फर्किएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएर एमालेमा प्रवेश गरेका डल्लाकोटीले आज माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार गएर माओवादीमै फर्किएको घोषणा गरे ।

२०७४ सालको चुनावमा माओवादीबाट चुनाव जितेका डल्लाकोटीले आफूले आवेगमा एमाले प्रवेश गर्ने निर्णय लिएको तर आज पछुतो मान्दै निर्णय फिर्ता लिएर माओवादीमै रहेको उनले बताए ।

नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशका सदस्यसमेत रहेका डल्लाकोटीले आत्मालोचनासहित अब फेरि माओवादीमै क्रियाशिल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077