Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रेस काउन्सिलले ऋषि धमलालाई सोध्यो २४ घन्टे स्पष्टिकरण

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई २४ घन्टे स्पष्टिकरण सोधेको छ। प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्कँर्दै गर्दा जहाजभित्रै अनुमतिविना अन्तरवार्ता र प्रत्यक्ष प्रसारण गरेपछि काउन्सिलले धमलालाई २४ घन्टाभित्रमा स्पष्टिकरण दिन निर्देशन दिएको हो।

चैत २० गर्ने जनता जान्न चान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाएको हो । सो कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमान भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिविना र विमानका कर्मचारीले दृष्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दा भन्दै पनि धमलाले जबरजस्ती दृश्य खिचेर सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।

यसअघि नेपाल बार एसोसिएशनको आन्तरिक बैठकमा पनि धमला जबरजस्ती प्रवेश गरेको विषय पनि काउन्सिलले 'नोटिस' गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077