Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • जेलेन्स्की भन्छन्-‘रुसलाई सजाय नदिए अरू मुलुक पनि छिमेकीमाथि हिंसा गर्न उत्प्रेरित हुनेछन्’

    जेलेन्स्की भन्छन्-‘रुसलाई सजाय नदिए अरू मुलुक पनि छिमेकीमाथि हिंसा गर्न उत्प्रेरित हुनेछन्’

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई सजाय नदिएमा विश्वका अन्य मुलुकहरू पनि आफ्ना साना छिमेकमाथि हमला गर्न तथा हिंसा मच्चाउन उत्प्रेरित हुने बताएका छन् ।

    आइतबार मात्र युक्रेनको राजधानी किभ भन्दा उत्तरतर्फ रहेको बुचा सहरमा रुसी फौजले क्रुरतापूर्वक हत्या गरेका ४०० बढी सर्वसाधारणहरूको शव सडकभरि यत्रतत्र भएको तस्बिर बाहिरिएको थियो ।



    यसले पूरै विश्वलाई स्तब्ध बनाइदिएको छ भने अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेकामा रुसमाथि कडा भन्दा कडा कारबाही गर्न सबैतिरबाट अपील गरिएको छ ।



    जेलेन्स्कीले घटनाबारे भनेका छन्, “सयौँका सङ्ख्यामा निर्दोष सर्वसाधारणहरूलाई यातना दिएर क्रुरतापूर्वक मारिएको छ । त्यहाँका सडकहरू शवले भरिएका छन् । यहाँसम्मकी मृतकलाई पनि उनीहरूले त्यसै छाडेका छैनन् । आफूलाई ‘सेना’ भनेर बेलाउने उनीहरूले लुटपाट, हिंसा, बलात्कार, अत्याचारजस्ता सबै अमानवीय व्यवहारको सीमा पार गरेका छन् ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार