पोखरा । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहमा आवश्यकता अनुसार चुनावी तालमेल गरेर अगाडि बढन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काँग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
नेता कोइरालाले सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्ने बताए ।
कोइरालाले तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालिकामा जस्तो तालमेल नगर्ने आग्रह गरे ।
कोइरालाले नयाँ मतदातालाई रुखबाहेक अन्य चिन्हमा मतदान गर्न लगाउने कुरा काँग्रेसका लागि चुनौती भएको वताए ।