Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देशको प्रतिनिधि भएर बीजेपीको मुख्यालयमा जानु ठीक होइन : अध्यक्ष नेपाल

मोरङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा जानु उचित नभएको बताएका छन् ।

सोमबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले आफू पनि प्रधानमन्त्री भइसकेकाले एउटा प्रधानमन्त्रीले देशको प्रतिनिधि भएर बीजेपीको मुख्यालयमा जानु ठीक नभएको बताएका हुन् ।

उनले भने ‘आफू पनि प्रधानमन्त्री भइसकेकाले एउटा प्रधानमन्त्रीले देशको प्रतिनिधि भएर बीजेपीको मुख्यालयमा जानु ठीक होइन र मलाई उचित लागेन, । ‘पार्टीगत रूपमा गइएको हो भने उहाँ कांग्रेसको सभापति हो । जानै पर्‍यो तर यदि तपाईं देशको प्रतिनिधि भएर जानुभएको हो भने त्यसलाई ध्यानमा राख्नुपर्छ ।’

उनले मुलुकमा प्राप्त सबै परिवर्तनविरोधी एमाले अध्यक्ष केपी ओली सबैलाई घाँडो भएको समेत बताए । ‘यसपालीको चुनावमा सबै परिवर्तनकारी शक्तिहरू परिवर्तनविरोधीका विरूद्ध एकजुट हुनुपर्छ,’ उनले भने, ‘बामपन्थको बर्को ओढेका अधिनायकवादीहरूलाई यसपालिको चुनावमा परास्त गर्नै पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077