Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भाजपा कार्यालयमा देउवा कांग्रेस सभापतिको हैसियतले गएका हुन् : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले भारत भ्रमणका क्रममा भारतीय सत्तारुढ दल भाजपाको मुख्यालय पुगेको विषयलाई कूटनीतिक मर्यादा विपरीत भएको भनेर भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि सुनाउन त्रिभुवन विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीका हैसियतले नभइ नेपाली कांग्रेस पार्टी सभापतिका हैसियतले भाजपा मुख्यालय गएको जानकारी दिए ।

देउवा भाजपा मुख्यालय पुगेको विषयलाई कूटनीतिक मर्यादा विपरीत भएको भनेर भन्ने टिप्पणी ठिक नभएको खड्काको भनाइ छ ।

‘नेपाली कांग्रेसको भारतीय तथा चिनियाँ कम्युनिस्ट लगायत अन्य देशका पार्टीसँग पनि सम्बन्ध छ। त्यसैले भाजपा मुख्यालय भ्रमणलाई अन्यथा लिनु पर्दैन। उहाँ पार्टी सभापतिका रुपमा जानु भएको हो। यो कूटनीतिक मर्यादा अनुकुल नै छ’ परराष्ट्रमन्त्री खड्काले भने।

प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको मन्त्री खड्काले बताए । प्रधानमन्त्री देउवा तिन दिने औपचारिक भारत भ्रमण सकेर आज साँझ ८ बजे स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077