Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको तीनदिने भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । तीनदिने भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझ स्वदेश फिर्ता भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

शुक्रबार उनले भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका थिए । शनिबार महत्त्वपूर्ण भेटघाटमा बिताएका थिए। आइतबार बिहान भने उनी बनारस पुगेका थिए।

भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए। त्यस क्रममा केही आयोजनाको उद्घाटन गरिएको थियो।

साथै, विभिन्न चार वटा सम्झौता गरिएका थिए। चैत १८ गते दिउँसो प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्त्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077