Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले आइतवार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए ।

गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उनले भने, ‘कहाँ–कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले गर्छ । त्यो अधिकार केन्द्रमा राखिएको छैन, यो सही निर्णय भएको छ ।’

डा. कोइरालाले धेरैजसो जिल्लामा कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने भावना आफूले पाएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077