Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कञ्चनपुरमा पहिरो, मेयर चन्दसहित पाँचजना वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक चन्द एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित मेयर चन्दसहित पाँच जना वडाध्यक्ष, वडा सदस्य, जिल्ला कमिटी सदस्य र सल्लाहकार सदस्यलगायतका करिब पाँच सय जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

समाजवादीका अध्यक्ष माधव नेपालले एमाले परित्याग गरेका उनीहरुलाइ स्वागत गरेका छन् ।

मेयर चन्दसहित वडा नम्बर ३ का वडाध्यक्ष तिलक ठकुल्ला, ४ का भास्कर भट्ट, ७ का वीरबहादुर डगौरा, ८ का दुर्गासिंह भन्डारी र १० का वडाध्यक्ष केशव रावल समाजवादीमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077