Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीद्वारा नेपालसहित १४ सांसदविरुद्ध दायर मुद्दाको पेसी चैत २७ गते तोकियो

काठमाडौं । माधब कुमार नेपाल सहित १४ जना सांसदविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदनको पेसी २७ गतेका लागि तोकिएको छ ।

ओलीले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेको र त्यसलाई वैधानितकता दिएको विरुद्धमा रिट दिएका थिए ।

ओलीले दायर गरेको मुद्दाको पेसी संयुक्त इजलासमा आइतबार तोकिएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ हुन सकेन ।

न्यायाधीश सुवेदीले एकीकृत समाजवादीमा रहेका सोमप्रसाद पाण्डे सम्बन्धित मुद्दामा आफूले आदेश दिएको र ओलीले दायर गरेको मुद्दामा पनि पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका थिए । ओलीले दायर गरेको मुद्दा सुनुवाइका लागि चैत २७ गते पेस गर्न न्यायाधीश सिन्हा र सुवेदीको इजलासले आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077