काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै जनकपुर पुगेका छन् ।
शहीद रामवृक्ष यावदको शालिक अनावरण गर्न प्रचण्ड जनकपुर गएका हुन् ।
प्रचण्ड गत २ भदौमा यादवको स्मृति सभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए । तत्कालीन नेकपा माओवादीले १० बर्से सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो ।
पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको हत्या भएको थियो ।
Leave a Reply