Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको तीन दिने भ्रमण सकेर प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् । देउवा आज साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यतालिका छ ।

स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले भारतको वाराणसीको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा १८ गते दिउँसो प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्त्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेको थिए ।

तीन दिने औपचारिक भ्रमणका लागि गएको शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसँग समेत भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौंपटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077