Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजीनामाको विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारको पत्र

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले हाल जनप्रतिनिधिको रुपमा काम गरिरहेका हरुले निर्वाचनमा भाग लिन राजिनामा दिनुपर्ने विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारले आग्रह गरेको बताएका छन् ।

शनिवार पूर्वी पहाडी जिल्लाहरुको विभिन्न कार्यक्रममा निस्किएका गृहमन्त्री खाँणले तेह्रथुमको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा हाल काम गरिरहेका जनप्रतिनिधिले उम्मेदवार बन्न राजिनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताए ।

सरकारले निर्वाचन आयोगलाई औपचारिक रुपमा पत्र नै लेखेर निर्णय पुनर्विचार गर्न आग्रह गरेको उनले बताए ।

गृहमन्त्री खाँणले शनिवार तेह्रथुमको म्याङलुङमा जिल्ला प्रशासन कार्यालयको नवनिर्मित उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077