Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आउँदा दिनमा कठिन युद्धको सामना हुन सक्छ, पूर्वी क्षेत्र निकै कठिन अवस्थामा छ : जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य अवस्था निकै कठिन अवस्थामा रहेको बताएका छन्।

शनिबार बिहान जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले उत्तरबाट भने रुसी सैनिक फर्किने क्रम जारी रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘रुसी सैनिक बिस्तारै फर्किरहेका छन् तर अनुभव गर्न सकिने खालको छ ।’

तर पूर्वी क्षेत्रमा भने जोखिम कायम रहेको उनले उल्लेख गरे । रुसी सैनिक उत्तरबाट फर्किएर डोन्बास क्षेत्र र खार्किभ शहरमा शक्तिशाली आक्रमणका लागि तयारी गरेको हुन सक्ने तर्फ जेलेन्स्कीले सचेत गराएका छन् ।

‘आउँदो दिनमा कठिन युद्धको सामना गर्नु पर्ने छ । हामीले सबै परीक्षाहरु पार गरिसक्यौँ भनेर ठान्नु हुँदैन’, राष्ट्रपति जेलेन्स्कीले भनेका छन् ।

युक्रेनी सैनिकले रुसी सेनाको कब्जामा गएको बुचा बजार किएभको बाहिरी क्षेत्रमा रहेको इर्पिन शहर आफ्नो नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077