Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यस्तो छ चैत्र १९ गते शनिवारको राशिफल

काठमाडौं । आज २०७८ चैत्र १९ गते शनिवारको राशिफल ।

मेष

आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

मिथुन

धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

सिंह

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला

नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

धनु

परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर सहयोगी र नातागोताको साथ मिल्नेछ । वैदेशिक काम पनि बन्न सक्छ ।

कुम्भ

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कमहरू आगाडि बढ्नेछन्, तर व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ ।

बृष

आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी पनि हुनेछ ।

कर्कट

आज नयाँ कार्यको योजना या थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ पनि मिल्नेछ ।

कन्या

सम्मान प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

बृश्चिक

आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ ।

मकर

आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

मीन

ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफलता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077