Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय विदेशमन्त्रीको नेपाली भाषामै ट्विट : 'सम्बन्धलाई अझ बलियो बनाउनेमा विश्वस्त छु'

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि छिमेक सम्बन्ध अझ बलियो बनाउनेमा विश्वस्त रहेको बताएका छन् । प्रधानमन्त्री देउवासँगको भेटपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै विदेशमन्त्री जयशंकरले खुशी व्यक्त गरेका छन् । उनले नेपाली भाषामै ट्विट गर्दै लेखेका छन्-'भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेको छ । यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु ।’ प्रधानमन्त्री देउवा ३ दिनको भ्रमणका लागि ५० सदस्यीय टोली लिएर भारतको राजधानी नयाँ दिल्लीमा छन् ।    

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077