Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनले तेल भण्डारमा हवाई आक्रमण गरेको रुसको आरोप

एजेन्सी । युक्रेनले रुसी सहर बेलगोरोदको एउटा तेल भण्डारमा हवाई आक्रमण गरेको रुसले आरोप लगाएको छ ।

क्रेमलिनले यो घटना किभसँगको शान्तिवार्ताका लागि प्रतिकूल संकेत भएको बताएको छ । रुसी आरोपलाई युक्रेनी अधिकारीले पुष्टि गरेका छैनन् ।

ट्विटरमा सेयर गरिएको भिडियोमा सीमा क्षेत्रदेखि झण्डै ४० किलोमिटरको दुरीमा रहेको बेलगोरोदको आवासीय क्षेत्र नजिककै तेल भण्डारमा आगलागी भएको देखिन्छ ।

आगलागीमा मानवीय क्षति नभएको रुसी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077