Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई स्वागत गर्दै प्रवक्ता अरिन्दम बागचीले भने 'एक विशेष मित्रको भव्य स्वागत'

काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको एक विशेष मित्र भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री देउवालाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै उनले सो कुरा बताएका हुन् ।

‘एक विशेष मित्रको भव्य स्वागत,’ भारतीय रक्षा तथा पर्यटन सहायकमन्त्री अजय भट्टले स्वागत गरेको १८ सेकेण्डको भिडयो ट्वीटरमा राखी बागचीले लेखेका छन् ।

ट्वीटरमा उनले गत जुलाईमा प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो द्वपक्षीय विदेश भ्रमण भएको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077