Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको प्रश्न : देउवाको भारत भ्रमण निजी–पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हो ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा जान लागेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका छन् ।

तर, मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले आपत्ति जनाएको हो । देउवाको भ्रमण निजी९पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हो भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रश्न उठाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्-'प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।

त्यसैले स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077