Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित १३ जनाविरुद्ध करोडौको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कासहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सामुदायिक बिद्युतीयकरणका नाममा अनियमितता गरेको ठहर भएपछि उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

अध्यक्ष गोविन्द खड्कासहित प्रशासकीय अधिकृत राजु प्रसाद न्यौपाने, लेखापाल दुर्गा बहादुर तामाङ तथा बिद्युतीकरण उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।

खड्कालाई ४ करोड २१ लाख बिगो दाबी गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष खड्का यसअघि बलात्कार मुद्दामा जेल परेर पछि सफाई पाई छुटेका विवादास्पद जनप्रतिनिधि हुन् ।

वडा नम्बर १ का उपभोक्ता समिति अध्यक्ष काजीबाबु थापा, कोषाध्यक्ष तारा गुरुङ, सचिव युवराज सुनुवारसँग १ करोड बिगो माग गरिएको छ भने सोही वडाका उपभोक्ता समिति अध्यक्ष बुद्धिबहादुर तामाङ, कोषाध्यक्ष मेनुका खड्कार र सचिव अस्मिन रोकासँग ८४ लाख बिगो माग गरी मुद्दा दायर गरिएको छ।

उपभोक्ता समिति अध्यक्ष अशोककुमार सुनुवार, कोषाध्यक्ष दिलमाया थापा, सचिव प्रकाश सुनुवारसँग ६६ लाख ७० हजार रुपैयाँ बिगो माग गरिएको छ। सबैलाई अलग-अलग बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077