Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्दामा फरार पटेल ७ वर्षपछि पक्राउ

पर्सा । कर्तव्य ज्यान मुद्दामा फरार एक जना ७ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– २१ पटेलनगर निवासी ४० वर्षीय रवीन्द्र पटेल रहेका छन् ।

उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको गण्डकबाट पक्राउ गरेको हो ।

पर्साको महुवन निवासी ४५ वर्षीय कुचन साहलाई २०६४ भदौ ९ मा गोली हानी हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले ०७१ असार १७ गते पटेललाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना २२ दिन कैद सजाय तोकेको थियो । त्यसैबेला देखि पटेल फरार रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077