काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने स्थिती बनेको बताएका छन् ।
बुधबार गैर आवासिय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्नसक्ने बताएका हुन् ।
''यहाँ गठबन्धन –गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलिय गठबन्धनमा छौँ । अब अर्कोपनि गठबन्धन चार दलिय गठबन्धन बन्छ कि । त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बिचमा नेपाली जनमत विभाजित हुने स्थिति छ '' उनले भने ।
यस्तै खनालले एनआरएनएको प्रतिनिधिमण्डलले अगाडि सारेका सवाल उपयुक्त रहेकाले तिनको कार्यान्वयन गर्न आफू सकारात्मक रहेको बताए ।