Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बिमस्टेकको पाँचौँ सम्मेलन आज, भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

    बिमस्टेकको पाँचौँ सम्मेलन आज, भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट आज बिहान ९ बजे भर्चुअल रूपमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोलम्बोमा सम्बोधन गरेका छन् । परराष्ट्रमन्त्री खड्काले बिमस्टेक स्थापनादेखि हालसम्म भएका उपलब्धिको चर्चा गर्दै बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने बताए  ।



    उनले यो क्षेत्रमा जनताको जीवनस्तर माथि उकास्न सबैलाई समान अवसर प्रदान गर्नुपर्ने र यो क्षेत्रलाई शान्तिपूर्ण तथा सम्पन्न बनाउन सहकार्य गर्नुपर्ने पनि उल्लेख गरे । नेपालले यसअघि गरेको सम्मेलनको समेत खड्काले चर्चा गरेका थिए ।



    बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी थिए भने सैनिक शासन लागु भएको म्यानमारका विदेश मन्त्री भर्चुअल रूपमा सहभागी रहेको थियो । श्रीलंकामा आज बुधबार बिमस्टेकको पाँचौं शिखर सम्मेलन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार