Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई युक्रेनले भन्यो-'रुसी पर्वतारोहीलाई हिमाल चढ्न रोक्न लगाइयोस्'

काठमाडौं । युक्रेनले रुसी नागरिकलाई नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउन अनुरोध गरेको छ । रुसले आफूमाथि सैन्य हस्तक्षेप जारी राखेको भन्दै रुसी नागरिकलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाउन युक्रेनले आग्रह गरेको हो ।

युक्रेनको नयाँ दिल्लीस्थित दूतावासले नेपाली दूतावास नयाँ दिल्ली मार्फत् नेपाल सरकारलाई डिप्लोम्याटिक नोट पठाउँदै उक्त आग्रह गरेको हो । नोटमा रुसले सैन्य आक्रमण जारी राखेसम्म रुसका पर्वतारोहीलाई नेपालका हिमाल चढ्न बन्देज लगाउन आग्रह गरिएको छ ।

यद्यपी नेपालको पर्यटन विभागले रुसका पर्यटकलाई हिमाल चढ्न रोक लगाएको छैन । ९ जना रुसका पर्यटकले हिमाल चढ्न हालै अनुमति पाएको बीबीसीले जनाएको छ ।

नेपाल सकारलाई पठाइएको पत्रमा युक्रेनमा रुसी आक्रमण बन्द नहुन्जेलसम्मका लागि रुसी पर्वतारोही टोलीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरिएको थियो ।

तर, नेपालका सरकारी अधिकारीहरूले आफूहरूले सरकारी नीतिनियमलाई नै पालना गरी पर्वतारोहणका लागि अनुमति जारी गरिरहेका जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077