Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गैर आवासीय नेपालीहरुलाई मतदान गर्ने अधिकार गराउने उपायको खोजी भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गैर आवासीय नेपालीहरुलाई मतदान गर्ने अधिकार गराउने उपायको खोजी भइरहेको बताएका छन् ।

एनआरएनको नयाँ नेतृत्वलाई बधाई दिँदै प्रचण्डले निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने माग महत्वपूर्ण भएको बताएका हुन् ।

“निर्वाचन प्रक्रियामा गैरअवासीय नेपालीहरुलाई पनि मतदानको अधिकार दिलाउने । किनभने अहिले विज्ञान प्रविधिले त विभिन्न टेक्नोलोजीबाट संसारलाई एकदमै सानो बनाइदियो । किन त्योबाट बञ्चित गर्ने ।

लाखौं नेपालीहरु विदेशमा रहेको यथार्थ छ भने उनीहरु पनि यहाँको राजनीतिक नेतृत्व चयन गर्ने, निर्वाचित गर्ने प्रक्रियामा किन सामेल नहुने ? भन्ने कुरा जायज छ,” उनले भने ।

स्थानीय तहको निर्वाचनमा सम्भव नहुने र संघ र प्रदेशको निर्वाचनमा भने कानुन बने निर्वाचन अधिकार दिन सम्भव हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077