Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता टर्कीमा सुरु

    रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता टर्कीमा सुरु

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता सुरु भएको छ । टर्कीको इस्तानबुलमा भइरहेको वार्तामा सहभागी दुबै देशका प्रतिनिधिहरूलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले स्वागत गरेका हुन् ।

    रुस र युक्रेनबीच यसअघि तीन चरणमा भौतिक उपस्थितिमा वार्ता भएको थियो भने चौथो चरणमा भिडियो कुराकानीमार्फत वार्ता भएको थियो ।



    झन्डै दुई हप्तापछि भएको आजको वार्तामा युद्ध रोक्ने अवस्था नआए पनि युद्धग्रस्त क्षेत्रमा फसेकाहरूलाई उद्धार गर्ने वातावरण बन्ने अपेक्षा रहेको युक्रेनी अधिकारीले बताएका छन् ।



    आजको वार्तामा प्रगति भएमा युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको सम्भावना बढ्ने टर्कीका राष्ट्रपति एर्दोगानले बताए ।

    जेलेन्स्कीले पुटिनसँग सिधा वार्ताको आह्वान गर्दै आएका छन् भने रुसले उच्चस्तरीय वार्ताको समय भइनसकेको प्रतिक्रिया दिएको छ । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार