Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युद्धका कारण युक्रेनमा समय नपुग्दै बच्चा जन्मने क्रम बढ्यो

एजेन्सी । पछिल्लो समय युक्रेनका केही भागमा गर्भवती महिलाहरूले समय नपुग्दै बच्चा जन्माउने घटना तीव्र रूपमा वृद्धि भएको छ ।

खार्किभ र लभिभस्थित प्रिनटल क्लिनिकहरूले केही सातायता समय नपुग्दै शिशु जन्मने घटनामा दोब्बर वा तेब्बर वृद्धि भएको जनाएका छन् । तनाव र युद्ध प्रभावित चिकित्सकीय विषयहरूका कारण यो समस्या आएको हुनुपर्ने बताइएको छ ।

उदाहरणका लागि पोलिना नामक बच्चीको जन्मिँदाको वजन केवल ६३० ग्राम रहेको छ । औसतमा पूर्ण विकसित शिशुको औसत वजन यसको पाँचगुणा बढी हुन्छ ।

त्यसैगरी मार्चको सुरुमा लभिभको पेरिनटल हस्पिटलमा जुम्ल्याहा बहिनी भेरोनिकासँग जन्मेकी भिक्टोरियाको वजन पनि ८०० ग्राम मात्र रहेको छ । उनकी आमा किभबाट भागेर त्यहाँ पुगेकी थिइन् । यी दुई शिशुमध्ये एक शरणार्थी हुन् भने अर्की रुसी फौजले लगातार बमबारी गरिहेको शहरमा बाँच्न संघर्षरत छिन् । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077