Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीमा तिब्र गति रोक्न 'लिडार स्पिड गन' प्रयोग

कैलाली । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कैलालीमा सवारीसाधनको गति नियन्त्रण प्रयास गरेको छ ।

ट्राफिक प्रहरीले अत्तरिया चोकमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लिडार स्पिड गन’ प्रयोग गरेको हो । जसअनुसार सोमबार बिहान तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही गरिएको छ ।

तीव्र गतिमा सवारी हाक्नाले दुर्घटना बढेको भन्दै स्पिड गनको प्रयोग गरी कारबाही थालेको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले बताए । उनले सोमबार विहान मात्रै ३७ सवारी साधनलाई कारबाही गरेको जानकारी दिए ।

ती मध्ये २४ सवारीबाट ५ सयका दरले जरिमाना लिइएको छ भने, १३ सवारी साधनको कागजात नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077