Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • भारत बेच्न लैजाँदै गरेकाे हात्ती वीरगञ्जबाट नियन्त्रणमा

    भारत बेच्न लैजाँदै गरेकाे हात्ती वीरगञ्जबाट नियन्त्रणमा

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.1K
    SHARES

    पर्सा  । नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट उक्त हात्तीसहित प्रहरीले तीन जनालाई पनि नियन्त्रणमा लिएको छ ।

    चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले बताए । उनका अनुसार हात्ती लिएर हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।



    पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ जितपुर घर भएका ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।



    बेच्नको लागी हात्तीहरू लैजाँदै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार