Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको मारिओपोलमा रुसीे गोलाबारीबाट ३ सय जनाको मृत्यु

एजेन्सी । युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीबाट तीन सय जनाको मृत्यु भएको छ ।

घेराबन्दीमा रहेको युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परेर आश्रय लिइ बसेका झन्डै तीन सय जनाको मृत्यु भएको हो ।

रुसी आक्रमणबाट जोगिन नागरिक मारिओपोलमा रहेको थिएटरको अण्डर ग्राउन्डमा आश्रय लिएर बसेका थिए ।

रुसले थिएटरलाई निसाना बनाएर गोलाबारी गरेका बेला झण्डै ६ सय नागरिक अण्डर ग्राउन्ड आश्रयस्थल लिएर बसेको मारिओपोलका मेयरका सल्लाहकार पेत्र एन्द्रयुचेन्कोले बताए ।

रुसले मारिओपोलको थिएटरमा मार्च १६ मा पनि गोलाबारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077